महिला एशिया कपः नेपालपछि भारतको विजयी सुरुवात-Sutra News

महिला एशिया कपः नेपालपछि भारतको विजयी सुरुवात

शनिबार, ५ साउन २०८१

शनिबार, ५ साउन २०८१

काठमाडौं । श्रीलंकामा जारी महिला एशिया कपमा भारतले विजयी शुरुवात गरेको छ । समूह एअन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको हो ।



पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछ्याएको भारतले १४.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यसअघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुँदै १०८ रन बनाएको थियो ।

शुक्रबार नै सम्पन्न अर्को खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्ने छ । आइतबार पाकिस्तानले नेपालसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट