त्रिशूलीमा बेपत्ता यात्रुसहित दुई बस खोज्न भारतीय टोली नेपालमा-Sutra News

त्रिशूलीमा बेपत्ता यात्रुसहित दुई बस खोज्न भारतीय टोली नेपालमा

शनिबार, ५ साउन २०८१

शनिबार, ५ साउन २०८१

काठमाडौं । चितवनको सिमलतालमा पहिरोसहित त्रिशूलीमा बेपत्ता भएको दुई वटा बस र यात्रुको खोजी गर्न १२ भारतीय टोली शुक्रबार मध्यरातमा नेपाल आइपुगेका छन् ।



रुपन्देहीको बेलहिया नाका हुँदै राति १२ बजे ४ वटा गाडीसहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका विज्ञसहितको टोली नेपाल आइपुगेका हुन् । त्रिशूलीमा खसेका बस र यात्रुको खोजीका भारतीय उद्धार टोली नेपाल आएको हो । टोलीले उद्वारमा चाहिने उपकरण समेत लिएर आएका छन ।

गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा भारतका ती टोली राति १२ बजे बेलहिया नाका हुँदै नेपाल आएको हो । सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरले उनीहरुलाई स्वागत गरी भैरहवामा राखेको थियो ।

उनीहरु राति भैरहवामा बास बसेर बिहानै चितवनतर्फ प्रस्थान गरेका छन् । चितवनमा उद्धार गर्नका लागि टोली नेपाल आएका हुन् । सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय बेलहिया, भन्सार कार्यालय, अध्यागमन कार्यालयको समन्वयमा मध्यरातमै टोलीलाई स्वागत गरिएको थियो ।

खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । गृह मन्त्रालयको विपद् महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालका अनुसार ती टोली आजै घटना स्थल पुगी खोजी कार्य गर्ने छन् ।

राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका एक जना विज्ञसहित १२ जना रहेका छन् । उनीहरुले उद्धारकका लागि चाहिने डोरी, पानीभित्र प्रयोग हुने संचार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानीभित्र डिभाइडर, रेन कोट लगायतका आवश्यक सामाग्री र उपकरण लिएर आएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।

सिमलताल दुर्घटनाको आज नवौँ दिन भएको छ । अहिलेसम्म विभिन्न ठाउँमा गरी २३ वटा शव भेटिएको छ । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट