काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४६ हजार ७०० रुपैयाँ थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा एक लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख ४६ हजार रुपैयाँबाट एक लाख ४६ हजार ८०० रुपैयाँ पुगेको छ । यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायमसमेत बनाएको थियो ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको एक लाख ४९ हजार ८०० रुपैयाँ पुगेको थियो । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
यो साता चाँदीको मूल्यमा भने गिरावट भएको छ । गत साताको शुक्रबार तोलामा १९ सय रुपैयाँ कायम सुनको मूल्य यो साता ७० रुपैयाँले घटेको हो । जसअनुसार यो साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँ कायम भएको छ