काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अस्वीकार गरेको छ । तत्काल विश्वासको मत दिने आधार तयार नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
संसदको दुई ठूला दलहरू मिलेरको अवस्थामा सत्ता टिकाउन आफूहरूको मत आवश्यक नरहेको उनको तर्क थियो । यस क्रममा उनले संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिले आशंका गर्ने धेरै ठाउँ देखाएको बताए ।
राप्रपाले सरकारका काम कारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने भएको छ । प्रधानमन्त्री ओलीले आइतबार बस्ने संसद बैठकमा विश्वासको मत लिने भएका छन् ।