हार्दिक पाण्ड्याले मुम्बई इण्डियन्सको कप्तानी गुमाउने सक्ने-Sutra News

हार्दिक पाण्ड्याले मुम्बई इण्डियन्सको कप्तानी गुमाउने सक्ने

शनिबार, ५ साउन २०८१

शनिबार, ५ साउन २०८१

काठमाडौं । भारतीय क्रिकेट टोलीका स्टार अलराउण्डर हार्दिक पाण्ड्याले अन्तिम ओभरमा बलियो बलिङ गर्दै १६ रन बाँकी रहँदा भारतलाई टी २० विश्वकप २०२४ को उपाधि दिलाएको चर्चा सेलाउन पाएको छैन ।



केही महिनादेखि हार्दिक र उनकी पत्नी नतासा स्टान्कोभिकबीच डिभोर्स भएको हल्ला चल्दै गर्दा उनीहरूको सम्बन्ध विच्छेद भएको छ । यसैबीच क्रिकेट करियरसम्म पाण्ड्या संकट ग्रस्त अवस्थामा पुगेका छन् । पछिल्लो समय श्रीलंका भ्रमणका लागि भएको टोली छनोटमा पनि यसको झलक देखिएको थियो । उनी उपकप्तानबाट हटाइए ।

टी २० विश्वकपको उपाधि पाएपछि रोहित शर्माले यो ढाँचाबाट बिदा भए । यसपछि पाण्ड्यालाई भारतको टी २० टोलीको कप्तानका रुपमा हेरिएको थियो । टी २० विश्वकप २०२२ पछि रोहितले यो फर्म्याट खेलेनन् । त्यही बेला पाण्ड्या कप्तान थिए । त्यही भएर उनी फेरि दावेदार बनेका थिए ।

तर, नयाँ प्रशिक्षक गौतम गम्भीर आएपछि कुरा फेरियो । मुख्य चयनकर्ता अजित आगरकरले पनि पाण्ड्यालाई कप्तानको लागि उपयुक्त ठानेनन् । यसको कारण उनको फिटनेस थियो । श्रीलंका भ्रमणका लागि टी २० टोली घोषणा भएपछि सूर्यकुमार यादव टोलीको नयाँ कप्तान बने । पाण्ड्याको हातबाट उपकप्तान पनि खोसिएर शुभमन गिल बने ।

टोलीलाई विश्वकप जिताएर नायक बनेका पाण्ड्याले टी २० टोलीमा स्थान पाए पनि एक दिवसीय टोलीबाट बाहिरिएका छन् । यसले पाण्ड्यालाई लिएर टिम व्यवस्थापन खासै आशावादी नभएको देखाउँछ ।

मुम्बई इण्डियन्सले के गर्छ ?

टी २० टोलीको कप्तानी र एक दिवसीय टोलीमा स्थान गुमाएका पाण्ड्याको खतरा थप जटिल बनेको छ । उनलाई अहिले मुम्बई इण्डियन्सले कप्तानको रूपमा राख्ने स्थितिमा छन् ? गत वर्ष रोहित शर्माको स्थानमा मुम्बई इण्डियन्सले पाण्ड्यालाई कप्तानी दिएको थियो ।

पाण्ड्यालाई गुजरात टाइटन्सबाट ल्याएर वानखेडेमा राखिएको थियो । फ्यानहरूले यो निर्णय मन पराएनन् । यसका कारण पाण्ड्यालाई गाली गरियो । यससँगै रोहित र पाण्डेयबीच झगडा पनि भयो ।

आगामी आईपीएलका लागि मेगा लिलामी हुने भएपछि बीसीसीआईले अहिलेसम्म कति खेलाडीलाई फ्रेन्चाइजले राख्ने भन्ने स्पष्ट गरेको छैन । रोहितका निकट मानिने सूर्यकुमार पनि मुम्बईका हुन् । अहिले टी २० मा भारतीय टोलीका कप्तान छन् । उनलाई छाड्नु मुम्बईका लागि खतरा हुन सक्छ ।

यदि, पाण्ड्यालाई फ्रेन्चाइजले राख्यो भने उनको कप्तानी बच्छ ? किनभने गत वर्ष पाण्ड्याको कप्तानी फ्लप थियो । अहिले टिम इन्डियाको व्यवस्थापनले पनि उनलाई कप्तानको योग्य ठान्दैनथ्यो । त्यसमाथि मुम्बईसँग पाँच पटकको आईपीएल च्याम्पियन र विश्व विजेता कप्तान रोहित शर्मा छन् ।

सूर्यकुमार पनि अहिले कप्तानको दावेदार बनेका छन् । आईपीएल आउन अझै समय छ । तर त्यतिन्जेल सूर्यकुमारले आफ्नो कप्तानीमा टीम इण्डियालाई चमत्कार जित दिलाउन सके मुम्बईले पाण्ड्याको कप्तानी कायम नराख्न सक्छ ।

अहिले मुम्बई इण्डियन्सको कप्तानीमा कालो बादल मडारिइरहेको छ । यो कठिन समयमा पाण्ड्य कसरी बाहिर निस्कन्छन् त्यो हेर्न बाँकी छ । एउटा कुरा स्पष्ट छ कि- उनीहरूले आफ्नो खेलको उत्कृष्ट संस्करण ल्याउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट