त्रिशूलीमा बेपत्ता यात्रुसहित बसको खोजीमा जुट्यो भारतीय उद्धार टोली-Sutra News

त्रिशूलीमा बेपत्ता यात्रुसहित बसको खोजीमा जुट्यो भारतीय उद्धार टोली

शनिबार, ५ साउन २०८१

शनिबार, ५ साउन २०८१

काठमाडौं । त्रिशूलीमा बेपत्ता यात्रुसहित दुई बस खोज्नका लागि भारतीय उद्धार टोलीले काम सुरु गरेको छ । शनिबार बिहान चितवन आइपुगेको टोलीलाई चितवन जिल्ला प्रशासनले घटनाबारे जानकारी गराएपछि काम गर्न थालेको हो ।



भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ)का १२ जना प्राविधिक टोली प्रविधिसहित परिचालित छ । टोलीमा चार जना गोताखोर, तीन वटा सोनार क्यामेरा छन् ।

भारतीय टोली सात दिनसम्म खोजी गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । त्रिशूलीमा खसेर बेपत्ता बसका यात्रुको शव भारतीय सीमामा पनि फेला पर्न थालेपछि चितवन प्रशासनले भारतको चम्पारण जिल्लाका डिएमसँग खोज तथा उद्धार कार्यमा समन्वय गरेको थियो ।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्स बस २८ असारमा भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए । बसमा सवार ६५ मध्ये तीन जना पौडिएर बाँचे । ६२ बेपत्ता भएका थिए ।

अहिलेसम्म २५ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । जसमा ३७ जनाको अवस्था अझै अज्ञात छ । त्रिशूलीमा खसेको बस अझै पत्ता लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट