घिमिरे बने कांग्रेस संसदीय दलको प्रमुख सचेतक-Sutra News

घिमिरे बने कांग्रेस संसदीय दलको प्रमुख सचेतक

शनिबार, ५ साउन २०८१

शनिबार, ५ साउन २०८१

काठमाडौं । नेपाल कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन् । पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाले उनलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।



कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे गत आम निर्वाचनमा सिन्धुली १ बाट विजयी भएका थिए । यसअघि संसदीय दलको प्रमुख सचेतकमा रहेका रमेश लेखक गृहमन्त्री भएपछि देउवाले घिमिरेलाई उक्त जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट