दोलखाको भीमेश्वर मन्दिरमा पसिना, अनिष्ट हुने विश्वास-Sutra News

दोलखाको भीमेश्वर मन्दिरमा पसिना, अनिष्ट हुने विश्वास

शनिबार, ५ साउन २०८१

शनिबार, ५ साउन २०८१

काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएसँगै चिन्ता बढेको छ । भीमेश्वर मन्दिरको शिलामा शनिबार दिउँसो १ः४७ बजेदेखि पसिना आउन थालेको हो ।



शिलाको बाँयातर्फबाट पसिना आएको भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले जनाएको छ । पसिना आउने क्रम जारी रहेको छ । भीमेश्वरको शिलामा बायाँतर्फबाट पसिना आए जनतालाई अनिष्ट हुने विश्वास छ ।

भीमेसनको शिलामा पसिना आएपछि स्थानीयबासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्दैै शिलालाई चम्मरले हम्किने प्रचलन छ ।

पसिना आएको खबर सार्वजनिक हुना साथ ठूलो संख्यामा दर्शनार्थी मन्दिर परिसरमा पुगेका छन् । शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई क्रमिक रूपले दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट