आज मिथुन, सिंह र कुम्भ राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?-Sutra News

आज मिथुन, सिंह र कुम्भ राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?

आइतबार, ६ साउन २०८१

आइतबार, ६ साउन २०८१

आज मिति २०८१ साउन ६ गते आइतबार । सन् २०२४ जुलाई २१ तारिख । नेपाल सम्बत ११४४ दिल्लाथ्व पुर्णिमा तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५९ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन अलिक चुनौतीयुक्त रहला । दुर्भावनायुक्त व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइने सम्भावना छ । परिवारजनमा असन्तुष्टि बढ्ला । स्वास्थ्य भने सबल रहनेछ । विभिन्न अवसरले पछ्याउन सक्छन्, तर समयको पदचाप बुझेर कर्म गर्ने प्रयत्न गर्नु पर्नेछ । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने योग छ । धन लाभ होला । यात्रामा सफलता प्राप्त गर्नु हुनेछ ।

बृष

रोकिएका काम बनी नयाँ काम सुरु हुने समय छ । तर समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्ने सम्भावना छ, विशेष सचेत रहनुहोला । आजको दिन व्यापारमा फाइदा नै हुनेछ । शत्रु परास्त हुने छन् । दाम्पत्यसुख बढ्ने छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने छ ।

मिथुन

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने समय छ । राजनीतिक पहुँच वृद्धि हुनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । धार्मिक काममा बाधा र भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सजग रही बोली र व्यवहार गर्नु होला । बौद्धिकता र रचनात्मकता बढ्ने छ । समस्याको समाधान प्राप्त हुने समय छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

समय शुभदायी छ । उच्चस्तरकै मानसम्मानको योग छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै मंगलमय काम सम्पादन होला । काममा आफन्तको सहयोग जुट्न सक्छ । स्वास्थ्यमा सामान्य समस्या रहन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिने छ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्ने सम्भावना रहेकोले सजगता अपनाउनु होला । रसरागमा आकर्षण रहला । खेलकुद तथा भ्रमण कार्यमा रुचि बढ्ने छ ।

सिंह

व्यस्तता बढ्ने छ । सुखद समाचारले काममा उत्साह जगाउने दिन छ । परिवारजनको सहयोग सहयोग रहला । प्रतिस्पर्धीहरूलाई पछि पर्नेछन् । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ । कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुने समय छ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनु होला । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख रहने छ ।

कन्या

प्रेम र मित्रताको बन्धन कसिने समय छ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई उपलब्धिको दिन सावित होला । व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ । टाढाको यात्राबाट धनलाभ हुनसक्छ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । यात्रामा सफलता प्राप्त गर्नु हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

आँटेको विशेष कार्य वा महत्वपूर्ण योजनामा ढिलासुस्ती हुन सक्छ । सामान्य अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । सरकारी निकायबाट कडिकडाउको सिकार भइने योग रहेकाले सावधान रहनुहोला । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । आरोग्यता वृद्धि हुनेछ । साहसिक काममा आकर्षण रहने छ ।

बृश्चिक

व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्ने छ तर जीवनसाथीलाई केही पीडा हुने योग छ । मान महत्व बढ्ने छ । रोकिएको काम बन्ने छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु

लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । ब्यापारबाट राम्रै धनलाभ हुनुका साथै भौतिक साधनहरू जुट्लान् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा होला । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुर्ला । राजनीतिक पहुँच बढ्ने छ । कुनै नयाँ काम प्रारम्भ हुनसक्ने योग छ । आर्थिक समस्या समाधान हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

मकर

आजको दिन विभिन्न अवसरले पछ्याउलान् । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । फलदायी यात्राको सम्भावना पनि रहेको छ । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट केही समयलाई मुक्ति मिल्नेछ । घर–जग्गा तथा बन्धुबान्धवसँग भने केही असमझदारी बढ्ने योग छ । नियम कानूनले साथ दिनेछ ।

कुम्भ

कर्मबल बढ्ने छ । प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता वा सान्निध्यता बढ्ने समय छ । तर प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । स्वास्थ्यसम्बन्धी पुरानो समस्याले पुनः दुःख दिन सक्छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक कार्य सार्थक रहनेछ ।

मीन

पारिवारिक सम्बन्ध अलिक कमजोर बन्न सक्छ तर आर्थिक समस्या समाधान हुनेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्छ । सवारी साधन वा हातहतियारको प्रयोग गर्दा आजको दिन विशेष सजगता अपनाउनु हितकर हुनेछ । आफन्तको साथ मिल्नेछ । वार्ता सफल रहनेछ । समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट