३५ प्याकअप ‘तेल भिसा’, विपिनको दुई फरक अवतार कस्तो होला ?-Sutra News

३५ प्याकअप ‘तेल भिसा’, विपिनको दुई फरक अवतार कस्तो होला ?

आइतबार, ६ साउन २०८१

आइतबार, ६ साउन २०८१

काठमाडौं । फिल्म ‘तेल भिसा’को छायांकन सम्पन्न भएको छ ।  शंकर घिमिरेको निर्देशनमा निर्माण भइरहेको फिल्मको ३५ दिनमा छायांकन प्याकअप भएको हो ।



यस अघि ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको फिल्मको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएसँगै सम्पूर्ण छायांकन सम्पन्न भएको निर्माण पक्षले जानकारी गराएको छ ।

फिल्मको इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेर रेणु दाहाल समेत उपस्थित थिइन् । उनले चितवनको भरतपुरमा फिल्म छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै तेल भिसालाई सफलताको शुभकामना समेत दिएकी थिइन् । यस्तै, सिनेमाले उठाएको विषयवस्तु गहन भएकाले आफु यो सिनेमा हेर्न समेत उत्सुक भएको बताइन् ।

मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा अभिनेता विपिन कार्की पहिलो पटक दोहोरो भुमिकामा देखिएका छन् । केही दिन अघि निर्माण पक्षले सार्वजनिक गरेको फिल्मको फस्टलुक पोस्टरमा विपिनको जवान र बृद्ध गरि दुई फरक अवतार सार्वजनिक गरेको थियो । फिल्म विपिनका अलवा वर्षा राउत, ऋचा घिमिरे, पुजा चंद र बुद्धि तामाङको मुख्य भुमिका रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।

यो फिल्मबाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैैछन् । यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका फिल्म निर्माण तथा निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट