काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आम जनता पार्टी (आजपा)ले विश्वासको मत नदिने भएको छ । पार्टी अध्यक्ष प्रभु साहले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका हुन् ।
आइतबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका छन् । यस क्रममा साहले विपक्षीमा मतदान गर्ने बताएका हुन् ।
आजपमा साह मात्रै सांसद भए पनि विपक्षमा मतदान गर्ने भएका हुन् । तर, अर्का स्वतन्त्र सांसद अमरेश कुमार सिंहले ओलीलाई विश्वासको मत दिने भएका छन् ।
गत असार १७ गते राति संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यको यात्रा सुरु गरेसँगै अोली प्रधानमन्त्री बनेका थिए ।
उनलाई कांग्रेस र एमालेसहित जनता समाजवादी पार्टी (जसपा) र जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टीलगायतले विश्वासको मत दिने भएका छन् ।