उपसभामुखमाथि छानबिन गर्न नेपाली कांग्रेसको माग-Sutra News

उपसभामुखमाथि छानबिन गर्न नेपाली कांग्रेसको माग

आइतबार, ६ साउन २०८१

आइतबार, ६ साउन २०८१

काठमाडौं । अमेरिकी दूतावासलाई लेखिएको पत्र विवादबारे नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरमाथि छानबिन गर्न माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुखको पत्राचारले गम्भीर प्रश्न उठाएको भन्दै छानबिनका लागि माग गरे ।



उनले आफूमाथि छानबिनका लागि पनि मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरेका छन् । संसदसँग साइनो नभएका, उपसभामुखसँग पनि चिनजान नभएकाको सन्दर्भमा किन पत्राचार गरियो भनि खतिवडाले प्रश्न गरेका छन् ।

उनले उपसभामुखले संसदको मर्यादामाथि खेलवाड गरेको बताए ।

“यस्तो अवस्थामा उपसभामुखले संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?”, खतिवडाले प्रश्न गरेका छन्, “भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुख र संसद हुन सक्दैन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट