काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राना मगरको चरित्र हत्या गरिएको आरोप लगाएकी छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले संवैधानिक परिषदमा बहुमत नपुगेपछि मिडिया ट्रायल गरेर उपसभामुखको चरित्र हत्या गरिएको आरोप लगाएकी हुन् ।
उनले सांसद श्रेष्ठले आफूहरु छानबिनका लागि तयार रहेको भन्दै छानबिन गर्ने नै भए भुटानी शरणार्थीको पनि छानबिन गर्नु पर्ने बताइन् ।
यसअघि नेपाली कांग्रेसले उपसभामुखको मगरको राजीनामा माग गरेको थियो । बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले राजीनामा मागेका हुन् ।
‘चिन्दै नचिनेको मान्छेलाई सिफारिस कसरी गरियो ?, छानबिन हुनुपर्छ केही समय पहिला एक जना मन्त्रीले अमेरिका लैजान सिफारिस गरेको आधारमा राजीनामा दिनु परेको थियो,’ उनले भने ।
यसैबीच, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संवैधानिक परिषदमा बहुमत बनाउन उपसभामुखको नाम जोडेर बद्नाम गर्न खोजेको आरोप लगाए ।