प्रधानमन्त्रीले कुलमानलाई जंगबहादुरको शैलीमा निर्देशन दिए- माओवादी-Sutra News

प्रधानमन्त्रीले कुलमानलाई जंगबहादुरको शैलीमा निर्देशन दिए- माओवादी

आइतबार, ६ साउन २०८१

आइतबार, ६ साउन २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गर्ने गरी काम गर्न जंगबहादुरको शैलीमा निर्देशन दिएको आरोप लगाएको छ ।



आइतबार प्रतिनिधिसभामा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्राधिकरणलाई हुकुमी शैलीमा निर्देशन दिएको भन्दै यसबाट यो सरकार किन र कसका लागि बनेको भन्ने प्रष्ट भएको जिकीर गरेका छन् ।

उनले यो विषयमा तीन चरणमा यस विषयमा विवाद रहेको बताउँदै संसद्को सार्वजनिक लेखा समितिले एउटा उपसमिति बनाएर अध्ययन गरेको तयार पारेको ८ बुँदामा निर्देशनसमेत दिएको बताए ।

साथै, उनले विद्युत प्राधिकरणले विभिन्न समयमा पटक–पटक उपसमिति बनाएको बताउँदै उनले विभिन्न समयमा यसबारे भएका अध्ययनलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट