काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नै स्याटलाइट राख्ने बताएका छन् । आइतबार विश्वासको मत दिन बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नै स्याटलाइट हुने दाबी गरेका हुन् ।
‘नेपालको स्वामित्वमा रहेको अर्बाइटल स्वाटको उपयोग गरी अन्तरिक्षामा आफ्नै स्याटलाइट स्थापना गर्ने छौँ,’ प्रधानमन्त्री अोलीले भने ।
यस्तै, इन्टरनेटको ब्याण्डविथका लागि विदेशिएको ठूलो रकम रोकिने गरी सञ्चार मन्त्रालयले काम गर्ने बताए ।