संसदमा ओलीले भने– संविधान संशोधन दुई तिहाईबाट मात्रै गर्ने मुडमा छैनौ-Sutra News

संसदमा ओलीले भने– संविधान संशोधन दुई तिहाईबाट मात्रै गर्ने मुडमा छैनौ

आइतबार, ६ साउन २०८१

आइतबार, ६ साउन २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन राष्ट्रिय सहमतिबाटै गरिने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले दुई तिहाईले गर्ने मुडमा सरकार र सत्ता गठबन्धन नरहेको बताए ।



संविधान संशोधन गर्ने दुई दलको निर्णयमा अन्य दललाई पनि ल्याइने उनले बताए । यसअघिका संविधान संशोधनको अभ्यास यसपटक पनि लागु गरिने उनले बताए ।

“संविधान संशोधन दुई तिहाईले गर्ने मोडमा छैनौं”, ओलीले भनेका छन्, “सबैले मिलेर संशोधन गरेका छौं अहिलेसम्म, दुई वटा संशोधन भइसके, अर्को संशोधन पनि देश र जनताको पक्षमा, सुशासनको पक्षमा गरिनेछ । यसमा राष्ट्रिय सहमतिबाट समाधान खोजिनेछ ।”

संविधान संशोधन अग्रगमनका पक्षमा हुने उनले दाबी गरे । नेपाली कांग्रेस र नेकपा (एमाले) कहिल्यै पनि पश्चगमनको पक्षमा नउभिएको दाबी गर्दै उनले आफैंले ल्याएको अग्रगमनको मुद्दालाई छाँयामा नपारिने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट