७ बुँदे सहमति : ओली दुई वर्ष, देउवा डेढ वर्ष प्रधानमन्त्री-Sutra News

७ बुँदे सहमति : ओली दुई वर्ष, देउवा डेढ वर्ष प्रधानमन्त्री

आइतबार, ६ साउन २०८१

आइतबार, ६ साउन २०८१

काठमाडौं । असार १७ को मध्यराति नेपाली कांग्रेस र नेकपा (एमाले)का बीच भएको सात बुँदे सहमति सार्वजनिक भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सहमति सार्वजनिक गरेका हुन् ।



सहमति सार्वजनिक नहुँदा अन्य दलहरुले प्रश्न उठाएका थिए । कांग्रेस र एमालेभित्रैबाट सहमति सार्वजनिक हुनुपर्ने बताएका थिए ।
चौतर्फी प्रश्न र दबाब उठिरहेका बेला ओलीले संसद बैठकबाटै सार्वजनिक गरेका हुन् ।

सार्वजनिक ७ बुँदे सहमतिमा विशेषगरी संविधान गरिने र सरकारको आलोपालो गरिने कुरा उल्लेख छ । संविधान संशोधनको सन्दर्भमा दलहरुले स्पष्ट विषय खुलाएका छैनन् तर, राजनीतिक स्थायित्व दिने गरी संशोधन गरिने बताएका छन् ।

सरकारको नेतृत्वको आलोपालोको सन्दर्भमा सहमतिअनुसार आगामी दुई वर्षसम्म एमालेका अध्यक्ष केपी शर्मा ओली २०८३ असार मसान्तसम्म प्रधानमन्त्री बन्ने छन् भने बाँकी कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

“राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मङ्सिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने”, सहमतिको बुँदा नम्बर ४ मा भनिएको छ ।

यस्ताे छ ७ बुँदे सहमति

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट