काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन सबै दलको सहमतिमा मात्र गर्ने बताएका छन् ।
प्रतिनिधि सभामा बोल्दै सभापति देउवाले संविधान संशोधन स्वाभाविक प्रक्रिया रहेकाले सबै दलको सहमतिमा मात्र संविधानको संशोधन गरिने बताए ।
संविधान निर्माण भएको आठ वर्ष पुगेको र यसका सबल र दुर्बल पक्षको विश्लेषण गरेर संविधान संशोधन गर्नु पर्ने उनले बताए । उनले ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्दै देशमा मा बदलिने विश्वासको व्यक्त गरे ।
उनले कांग्रेस र एमालेले देशमा राजनीतिक स्थिरताका लागि गठन भएको र यसमा सफल हुने विश्वास व्यक्त गर्दै ओलीको नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने बताए ।