बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा-Sutra News

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

आइतबार, ६ साउन २०८१

आइतबार, ६ साउन २०८१

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार प्रदेशसभाको बैठकमा उनले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिएका हुन् ।



प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने बताएपछि प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट