लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा-Sutra News

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा

आइतबार, ६ साउन २०८१

आइतबार, ६ साउन २०८१

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबाहादुर महराले पदबाट राजीनामा दिएका छन् । महराले आज दिउँसो प्रदेशसभामा सम्बोधनपछि राजीनामाको घोषणा गरेका हुन् ।



केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए । कूल ८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद रहेका छन् । दुई दलका कूल ५६ सांसद रहेकाले स्पष्ट बहुमत रहेको छ ।

महराको राजीनामासँगै एमाले संसदीय दलका नेता लिला गिरीले आज प्रदेशप्रमुख समक्ष सरकारका लागि दाबी पेस गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट