कलाकार हरिवंश आचार्य अस्पताल भर्ना-Sutra News

कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

आइतबार, ६ साउन २०८१

आइतबार, ६ साउन २०८१

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि उनी विराटनगरस्थित अस्पतालमा भर्ना भएका हुन् ।



विराटनगरको हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्न सहमति पत्रमा हस्ताक्षर गर्न आचार्य महजोडीका अर्का कलाकार मदनकृष्ण श्रेष्ठसँग विराटनगर पुगेका थिए ।

आचार्यको अवस्था सामान्य भइसकेको छ । उनी बिरामी भएपछि उनलाई भेट्नेहरुको अस्पतालमा घुइँचो लागेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमेत आचार्यलाई भेट्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट