कांग्रेसको साथ पाएका केपी अ‍ोलीको पक्षमा १८८ मत-Sutra News

कांग्रेसको साथ पाएका केपी अ‍ोलीको पक्षमा १८८ मत

आइतबार, ६ साउन २०८१

आइतबार, ६ साउन २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत पाएका छन् । उनको पक्षमा १८८ मत खस्दा विपक्षीमा ७४ मत खस्दा एक सांसदले मत दिन्न भन्ने पक्षमा मतदान गरेका थिए । आज कूल २६३ जना सांसद सहभागी भएका थिए ।



ओलीको पक्षमा संसदका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले मतदान गरेका थिए । यसबाहेक ओलीलाई जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टीसहित दलका सांसदले मतदान गरेका थिए ।

प्रधानमन्त्री ओलीको विपक्षीमा नेकपा माअ‍ोवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टीसहित केही साना दलले मतदान गरेका थिए ।

यसअघि ओलीले विं. सं. २०७४ मा प्रधानमन्त्री हुँदा २०८ मत पाएका थिए । यो मत प्रतिनिधिसभामा कूल २७५ को तीन तिहाइभन्दा बढी थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट