महिला एशिया कप- भारतको लगातार दोस्रो जित-Sutra News

महिला एशिया कप- भारतको लगातार दोस्रो जित

आइतबार, ६ साउन २०८१

आइतबार, ६ साउन २०८१

काठमाडौं । जारी महिला एशिया कपमा भारतले लगातार दोस्रो जित निकालेको छ । आइतबार सम्पन्न खेलमा भारतले युएईलाई ७८ रनले पराजित गरेको हो ।



भारतले दिएको २०२ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा सात विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । यसअघि पहिला ब्याटिङ्ग गर्दै भारतले २० ओभरमा पाँच विकेट गुमाएर २०१ रन बनाएको थियो ।

भारतले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । युएईले लगातार दोस्रो हार बेहोरेको हो । युएईले पहिलो खेलमा नेपालसँग हार बेहोरेको थियो ।

प्रतियोगितामा अब भारतले आफ्नो समूह चरणको अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्ने छ । सोही दिन युएईले पाकिस्तानको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट