साउनको पहिलो सोमबार तपाईंको दिन कस्तो, हेर्नुहोस् राशिफल-Sutra News

साउनको पहिलो सोमबार तपाईंको दिन कस्तो, हेर्नुहोस् राशिफल

सोमबार, ७ साउन २०८१

सोमबार, ७ साउन २०८१

मिति २०८१ साउन ७ गते सोमबार । सन् २०२४ जुलाई २२ तारिख । नेपाल सम्बत ११४४ दिल्लागा पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण प्रतिपदा तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५८ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

दौडधुप र जोखिम वृद्धि हुनेछ । मौका मिले पनि हातबाट अवसर गुम्न सक्ने सम्भावना रहेकोले आजको दिन विशेष सचेतनाको जरुरत छ । तपाईंका कमजोरीप्रति आफन्तजनले टिप्पणी गर्लान् । ध्यान दिएर काम गर्नुहोला । मेहनत गर्दा अवसर भने पाइने छ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ, समय चिनेर कर्म गर्ने प्रयत्न गर्नु होला । मित्रजनको साथ प्राप्त हुनेछ ।

बृष

दिन शुभदायी छ । कीर्तिमानी काम सम्पादन गर्न सकिने समय छ । नयाँ काममा हात हाल्ने समय आएको छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । विद्या र मान प्राप्त हुने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्ने छन् । परिवारिक सुख बढ्ने छ । रोकिएको काम बन्नेछ । आरोग्यता रहला ।

मिथुन

उच्च महत्वाकांक्षा र आत्मविश्वासले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । आजको दिन साथीभाइबाट फाइदा उठाउन सकिएला । खर्च लागे पनि चिताएको काम बन्नेछ भने व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । खुट्टा तान्न चाहनेले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिने छ । गुमेको प्रतिष्ठा फिर्ता हुन सक्ने समय छ । आरोग्यता, बौद्धिकता र रचनात्मकता बढ्ने छ । सुखशान्ति प्राप्त हुनेछ ।

कर्कट

खर्च बढ्ने र आर्थिक अभावले सताउन सक्ने मय छ । तथापि, विपरीत लिंगी वा कतिपय हितैषी मित्रले साथ दिनेछन् । प्रयत्नका बाबजुद अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्दा खिन्नता महसूस हुन सक्छ । स्वास्थ्य सामान्य कमजोर रहला, तर अस्वस्थताका बीच कामको बोझ बढ्ने योग छ । आज कुनै अवसर प्राप्त भए पनि सकारात्मक परिणाम हातपार्न मुस्किल पर्ला । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ ।

सिंह

आफूले मानेका या महत्वपूर्ण व्यक्तित्वबाट धोका हुनसक्ने समय छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आजको दिन स्वास्थ्यको लागि खानपानमा विशेष सजक रहनु हितकर होला । प्रेमको प्रस्ताव प्राप्त हुनसक्ने योग छ । महत्वपूर्ण काममा आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । आजको दिन ब्यस्तता बढ्ने छ, खर्च पनि वृद्धि हुन सक्छ । रसरागमा आकर्षण रहला ।

कन्या

कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । विशेष उपहार हातलागी हुने योग छ । भोगविलासमा मन रमाउने छ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइमा पनि प्रगति होला । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिने छ । पराक्रम वृद्धि हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । विपरीतलिंगी मित्रको माध्यमबाट लाभ होला । रोकिएका काममा फेरि प्रयत्न गर्दा सफलता मिल्नेछ । परिवारिक भेटघाटले आनन्द मिल्नेछ । साथीभाइले काममा सहयोग दिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

बृश्चिक

दिन केही चुनौतीले भरिएको छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाटै धोका पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ । काममा अवरोध आउनाले मन खिन्न रहला । धैर्य राखी कर्ममा लागिपर्नु हितकर होला ।

धनु

लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आम्दानीभन्दा बढी खर्च गर्नु पर्ने समय छ । आजको दिन ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त होला । मिष्ठान्न भोजन प्राप्त होला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने योग छ । रसरागका क्रियाकलापमा आकर्षण रहने छ ।

मकर

विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइने समय भएपनि आजको दिन परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ । ब्यापार व्यवसायमा भने लाभ नै मिल्नेछ । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, तथापि दिगो आम्दानी हुने काम सुरु हुने योग छ । सामर्थ्य विकसित हुनेछ ।

कुम्भ

यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलिक सावधानी अपनाउनु पर्ने समय छ । पढाइलेखाइमा पनि आज खासै राम्रो छैन । आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउला । तथापि कर्मबल बढ्ने छ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्ने छ । मित्रजनको साथ मिल्ने छ । सन्तानसुख बढ्नेछ ।

मीन

जिम्मेवारीका काम समयमा सम्पादन गर्न कठिनाइ पर्ने समय छ । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । स्वास्थ्यसम्बन्धी समस्याले अलिक सताउन सक्छ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । परिस्थिति अलिक संघर्षमय रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण वृद्धि होला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट