महिला एशिया कप- पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित-Sutra News

महिला एशिया कप- पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित

सोमबार, ७ साउन २०८१

सोमबार, ७ साउन २०८१

काठमाडौं । जारी महिला एशिया कपअन्तर्गत नेपाल पाकिस्तानसँग पराजित भएको छ । नेपालले दिएको १०९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।



यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् ।

कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् । त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् भने फातिमा सानाले एक विकेट लिएकी थिइन् ।
यो जितपछि पाकिस्तानले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट