सुनको मूल्यमा सामान्य बृद्धि हुँदा घट्यो चाँदीको मूल्य-Sutra News

सुनको मूल्यमा सामान्य बृद्धि हुँदा घट्यो चाँदीको मूल्य

सोमबार, ७ साउन २०८१

सोमबार, ७ साउन २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । लगातार गिरावटका बीच साताको दोस्रो कारोबार दिन (सोमबार) अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँले मूल्य बढेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यमा सामान्य बृद्धि हुँदा यस दिन चाँदीको मूल्य भने गिरावट आएको छ । महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँ पुगेको छ । यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट