काठमाडौं । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’ मा निश्चल बस्नेतको प्रवेश भएको छ ।
निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्मको मुख्य भमिकामा निश्चलको इन्ट्री भएको हो ।
यसअघि यो फिल्ममा नायक खगेन्द्र लामिछानेको अनुबन्धित भइसकेका छन् । साउनको २५ गतेबाट छायांकनमा जान लागेको फिल्ममा कलाकार निश्चलको इन्ट्रीसँगै फिल्मको लाइनअप बलियो बन्ने देखिएको छ ।
फिल्ममा अनुवन्धित भएपछि कलाकार उनी उत्साहित देखिए । ‘कथावस्तु बलियो देखिएपछि काम गर्न तयार भएको हुँ,’ साइन गरेपनि निश्चलले भने ।
फिल्मका लागि अझै चार जना कलाकारहरुलाई मुख्य भूमिका अनुवन्धित गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।
फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् । युवराज कार्की फिल्मका कार्यकारी निर्माता हुन् ।
सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्मलाई यसै बर्ष रिलिज गर्ने योजनामा निर्माणपक्ष छ । यो फिल्मको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् ।
फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ ।