पूर्व राज्यमन्त्री रायको हत्या, अनुसन्धान गर्दै प्रहरी-Sutra News

पूर्व राज्यमन्त्री रायको हत्या, अनुसन्धान गर्दै प्रहरी

सोमबार, ७ साउन २०८१

सोमबार, ७ साउन २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य एवं पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।



प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गए राति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार भएको हो ।

८० वर्षीय रायको हत्याका कारणबारे खुल्न सकेको छैन । अहिले घटना स्थलमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरी अनुसन्धान सुरु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

पूर्व राज्यमन्त्री राय २०५० सालमा भूमि व्यवस्था राज्यमन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट