नयाँ प्रशिक्षक गौतमले गरे रोहित र विराट कोहलीको खेलमाथि टिप्पणी-Sutra News

नयाँ प्रशिक्षक गौतमले गरे रोहित र विराट कोहलीको खेलमाथि टिप्पणी

सोमबार, ७ साउन २०८१

सोमबार, ७ साउन २०८१

काठमाडौं । श्रीलंका भ्रमणअघि पत्रकार सम्मेलनमा भारतीय क्रिकेट टोलीका नयाँ प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको भविष्यमाथि टिप्पणी गरेका छन् ।



प्रशिक्षक बनेपछि पहिलो पटक पत्रकार सम्मेलन गरेका गौतमले दुवै क्रिकेटरले सन् २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्ने बताएका छन् ।

‘मलाई लाग्छ कि उनीहरूले टी २० विश्वकप र ५० ओभरको विश्वकपमा के दिन सक्छन् ?, मलाई लाग्छ दुवैमा र विशेष गरी च्याम्पियन्स ट्रफी र अष्ट्रेलिया भ्रमणका लागि धेरै खेल्न बाँकी छ,’ उनले भने, ‘दुवै धेरै उत्प्रेरित छन्, २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्छन्, यो उनको व्यक्तिगत निर्णय हो, म भन्न सक्दिनँ, यो पूर्णतया उनीहरूमा निर्भर छ ।’

गम्भीरले रोहित र विराट अझै विश्व स्तरका खेलाडी रहेकाले कुनै पनि टोलीले सकेसम्म लामो समयसम्म उनीहरूलाई साथ दिन चाहने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट