आज देशभरका नदीमा पानीको बहाव बढ्ने-Sutra News

आज देशभरका नदीमा पानीको बहाव बढ्ने

सोमबार, ७ साउन २०८१

सोमबार, ७ साउन २०८१

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा बाढी पूर्वानुमान भएको छ । आज बिहानको मापनमा कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको छ ।



आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, कास्की, पर्वत, म्याग्दी, रुकुम पूर्व, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुरलगायत आसपासका जिल्लामा बहने अधिकांश साना नदीमा उच्च पानीको बहाव हुने महाशाखाले जनाएको छ ।

साथै ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुली, मकवानपुर, रामेछाप, दोलखा, धादिङ, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, चितवन, नवलपरासीसहित अधिकांश पहाडी जिल्लाको नदीहरूमा बहाव बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट