क्यानडा गए क्रिकेटर सन्दीप लामिछाने-Sutra News

क्यानडा गए क्रिकेटर सन्दीप लामिछाने

सोमबार, ७ साउन २०८१

सोमबार, ७ साउन २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने क्यानडा प्रस्थान गरेका छन् । पूर्व कप्तानसमेत रहेका उनी सोमबार बिहान क्यानडा उडेका हुन् ।



उनी क्यानडामा हुने ग्लोबल टी २० लिग खेल्न गएका हुन् । आसन्न ग्लोबल टी २० यही जुलाई २५ गतेदेखि सुरु हुँदैछ ।

लिगमा सन्दीप भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् । उनीसँगै यो टोलीमा नेपाली टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरी पनि खेल्दै छन् । रोहित पौडेलले टोरन्टो नेशनलबाट खेल्ने छन् ।

गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट