काठमाडौं । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिँदै गर्दा पक्राउ परेकी छन् ।
अख्तियारको टोलीले उनलाई एक लाख ५० हजार नगद र चार लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ ।
औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदै गर्दा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।