काठमाडौं । पूर्वमन्त्री रामचन्द्र रायको हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
पूर्वमन्त्री रायको गएराति सर्लाही चन्द्रनगर गाउँपालिका १ स्थित आफ्नै निवासमा हत्या भएको थियो । राप्रपाले एक विज्ञप्ति जारी गर्दै घटना निन्दनीय रहेको जनाउँदै विरोध जनाएको छ ।
‘यस दुःखद घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ,’ प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।