काठमाडौं । अभिनेता हरिवंश आचार्यले आफू सामान्य अवस्थामा रहेको बताएका छन्।
उपचार गराइरहेका आचार्यले आफू सामान्य अवस्थामा रहेको बताउँदै आफ्नो नाकभित्रको सानो नसा फुटेको जानकारी गराएका छन्।
अहिले त्यसलाई टाल्ने काम भइरहेको उनले सोमबार सामाजिक सञ्जालमा फेसबुकमा उल्लेख गरेका छन्।
आचार्यले आफू सामान्य अवस्थामा रहेको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाई टाल्ने काम भईसकेको छ र अहिले सामान्य अवस्थामा स्वास्थ्य लाभ गरिरहेको छु।’
कार्यक्रमको शिलशिलामा शनिवार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा आचार्य बिराटनगर पुगेका थिए । आइतबार उनको नाकबाट अचानक रगत बगेपछि त्यहाँस्थित विराट नर्सिङ होममा भर्ना भएका थिए।
आचार्यले आफ्नो स्वास्थ्यप्रति सद्भाव प्रकट गर्ने सबैप्रति आभारसमेत व्यक्त गरेका छन्।