प्रधानमन्त्री ओली र वर्षमानबीच संसदमा भनाभन !-Sutra News

प्रधानमन्त्री ओली र वर्षमानबीच संसदमा भनाभन !

सोमबार, ७ साउन २०८१

सोमबार, ७ साउन २०८१

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच भनाभन भएको छ ।



संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आइतबार संसदमा बोलेका कुरालाई झुटो रुपमा प्रस्तुत गरिएको भन्दै असतुष्टि व्यक्त गरेपछि माओवादी नेता पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरेका थिए ।

उनले प्रधानमन्त्री विषय केन्द्रित नभएर गाली गलौजमा उत्रिएको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीले आफू विषय केन्दित रहेको भन्दै प्रश्नको जवाफ दिएका दिएका थिए ।

यस क्रममा आफू बोल्नुभन्दा अगाडि आएका विषयमा जवाफ दिएको ओलीको भनाइ थियो । उनले आफूले सचेत मात्र गराएको भन्दै आवेश र उत्तेजनामा आउन आवश्यक नरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट