काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) सेयर बजार निकै उतारचढावपूर्ण रह्यो । ६२ अंकको उतारचढाव भएको बजारले तीन पटक २५ सयको बिन्दु पार ग¥यो । यद्यपि, बजार २४८८ अंकमा झरेर बन्द भयो ।
कारोबार सुरु भएको तीन मिनेटमै ११ः०३ बजे बजार २५०४ को बिन्दुमा उक्लिएको थियो । यद्यपि, लगत्तै बजारमा गिरावट आउन सुरु भयो ।
११ः१५ बजेसम्म आउँदा बजार ११६३ को बिन्दुमा ओर्लिएको थियो । तर, लगत्तै उक्लिएको बजारले ११ः२५ मा पुनः २५ सयको बिन्दु छोयो । २५०१ को बिन्दुमा टेकेको बजार त्यसयता निरन्तर ओरालोमा रह्यो ।
बजार १२ः१६ बजेसम्म आइपुग्दा २४४२ को बिन्दुमा ओर्लिएको थियो । लगातार उतारचढावपूर्ण बनेको बजार त्यसयता करिब उकालोमा देखियो ।
२ः२६ बजेसम्म आइपुग्दा पुन बजारले २५ सयको बिन्दुलाई छोयो । यद्यपि, उक्त बृद्धिले निरन्तरता पाउन सकेन । बजार अन्ततः २४८८ को बिन्दुमा ओर्लिएर बन्द भयो ।
तिव्र उतारचढावपछि समग्रमा बजार २.१५ अंकले बढेपनि अधिकांश उपसूचकमा गिरावट आयो । वाणिज्य बैंक उपसमूह १७.४२ अंकले घट्दा विकास बैंक उपसमूह ३१.५८ अंकले घट्यो । यस्तै, होटल तथा पर्यटन १४.०४ अंकले घट्दा लगानी उपसमूह ०.४२ अंकले घट्यो ।
लघुवित्त उपसमूह २८.०८ अंकले घट्दा निर्जिवन बिमा उपसमूह ८.३५ अंकले घट्यो ।
वित्त उपसमूह २०.१६ अंकले बढ्दा जलविद्युत ५२.८७ अंकले बढ्यो । यसैगरी जीवन बीमा १.६२ अंकले बढ्दा उत्पादन तथा प्रशोधन १६०.०७ अंकले बढ्यो ।
सामूहिक लगानी ०.१६ अंकले बढ्दा अन्य २६.६२ अंकले बढ्यो भने व्यापार ६७.४५ अंकले बढ्यो ।
यस दिन कारोबारमा आएका २४२ कम्पनीमध्ये १२१ को मूल्य घट्दा ११५ कम्पनीको मूल्य बढ्यो ।
१३ अर्ब ९१ करोड हाराहारीको कारोबार भएको बजारमा सबैभन्दा धेरै हिमालयन रि इन्स्यारेन्स, सिवम् सिमेन्ट कुमारी बैंकलगायतको कारोबार उच्च रह्यो । विशेषगरी यस दिन लगानीकर्ता नाफालाई सुरक्षित गर्न खोज्दा बजार प्रभावित हुन पुगेको देखिन्छ ।