काठमाडौं । काठमाडौं महानगरले न्यूरोड क्षेत्रमा आगामी मंसिर २ गतेसम्म निर्माणसम्बन्धी कुनै काम नगर्ने भएको छ ।
उपमेयर सुनिता डंगोलको संयोजकत्वमा समिति बनाउने र उक्त समितिले दिने प्रतिवेदनका आधारमा मात्रै काम गर्ने गरी सहमति भएको हो ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन), उपमेयर डंगोल, महानगर प्रवक्ता नवीन मानन्धर र वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन तथा वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनबीच सहमति भएको हो ।
महानगरले न्यूरोड सडक साँघुर्याएर फुटपाथ बनाउन थालेपछि त्यसविरुद्ध स्थानीय आन्दोलनमा उत्रिएका थिए । पछिल्लो समय सबै वडाका वडाध्यक्ष नै विरोधमा उत्रिएका थिए ।