अमेरिकाको राष्ट्रपतिमा कमला उम्मेदवार बन्ने भएपछि एकै दिन सवा ६ अर्ब संकलन-Sutra News

अमेरिकाको राष्ट्रपतिमा कमला उम्मेदवार बन्ने भएपछि एकै दिन सवा ६ अर्ब संकलन

सोमबार, ७ साउन २०८१

सोमबार, ७ साउन २०८१

काठमाडौं । कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवारका लागि राष्ट्रपति जो बाइडेनले घोषणा गर्ना साथ उनको समर्थनमा ठूलो रकम संकलन भएको छ ।



मिडिया रिपोर्टका अनुसार ह्यारिसको समर्थनमा अहिलेसम्म ४७ मिलियन डलर अर्थ करिब ६ अर्ब ११ करोड संकलन भएको छ ।

डेमोक्रेटिक पार्टीको राष्ट्रपति चुनावी क्याम्पेनलाई एक्टब्लूमार्फत सो रकम संकलन भएको बताइएको छ । ह्यारिसको चुनावी क्याम्पेन लन्च भएपछि सो रकम संकलन भएको हो ।

यसलाई २०२४ को अहिलेसम्मको सबैभन्दा ठूलो चन्दा संकलन भएको बताइएको छ । ह्यारिसको क्याम्पेनलाई साना दाताले ठूलो संख्यामा सहभागी भएर सहयोग गरेको मिडिया रिपोर्टमा बताइएको छ ।

न्यूयोर्क टाइम्सले डेमोक्रेटिक पार्टीका लागि २०२० को निर्वाचनपछि अहिलेसम्मकै सबैभन्दा ठूलो डोनेसन भएको उल्लेख गरेको छ । यसअघि बाइडेन राष्ट्रपतिको उम्मेदवार रहँदा उठेको ९० मिलियन डलर डोनेसन रकम उनको उम्मेदवारीबारे अन्योलता बढेपछि सो रकम फ्रिज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट