आज मिथुन, कन्या र धनु राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज मिथुन, कन्या र धनु राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

मंगलबार, ८ साउन २०८१

मंगलबार, ८ साउन २०८१

आज मिति २०८१ साउन ८ गते मंगलबार । सन् २०२४ जुलाई २३ तारिख । नेपाल सम्बत ११४४ दिल्लागा द्वितीया तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५८ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

अरूका काममा महत्वपूर्ण समय बित्ने एवम् व्यावसायिक काममा खर्च बढ्ने समय छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्नै रहला, तर आजको दिन खास अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु हितकर हुनेछ । आफन्त र साथीभाइबाट हौसला मिल्ने योग छ । आमोदप्रमोदको परिवेश रहला ।

बृष

दौडधुप बढे पनि कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्ने दिन छ । आज आय आर्जन पनि राम्रै हुने देखिन्छ । तर स्वास्थ्यप्रति विशेष ध्यान पुर्याउनु उचित हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । यात्रा सुखद रहला । मनोरन्जनमा समय व्यतीत भएर जाने दिन छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

मिथुन

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ भने ब्यापार व्यावसायमा पनि फाइदा होला । पढाइ लेखाइमा भने समय दिन नसकिएला । आजको दिन सहयोगीहरूको ज्यादा भर नपर्नु नै उचित हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छरछिमेकमा झगडा तथा विवाद पर्न सक्ने योग रहेकाले आज विशेष सावधानीका साथ बोली र व्यवहार गर्नुहोला । स्वास्थ्य सामान्य कमजोर रहला । श्रमको उचित मूल्याङ्कन नहुन सक्छ । आम्दानीमा बाधा पुग्ने देखिन्छ । धैर्य राख्नुहोला ।

सिंह

व्यापार व्यावसायमा सोचेभन्दा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्ने छ भने परिवारजनका आवश्यकता पूरा हुने छन् । काम बिग्रने डरले चाहिँ कता–कता सताइरहन सक्छ । बेसुरमा वचन दिनाले दुःख पाइएला । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ, होसियार रहनु उचित हुनेछ । सानातिना काममा समय बित्ने योग रहेको छ ।

कन्या

आजको दिन सजिलै काम बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । परोपकारजन्य क्रियाकलापमा समय बित्ने छ । समय शुभदायी र उल्लासमय रहला । कार्यगति बढ्ने छ ।

तुला

काममा परिवारजनको साथले नयाँ आशा पलाउने छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन्, तर महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला, रोकिएका काम पनि सम्पादन हुने छन् ।

बृश्चिक

समय केही चुनौतीयुक्त रहला । मुख्य काममा बाधा हुने देखिन्छ भने सानातिना काममै अल्झनुपर्दा मन खिन्न हुन सक्छ । भौतिक साधनप्रति पनि आज पूरै भर पर्ने अवस्था छैन, सवारीसाधन, हातहतियारको प्रयोगमा विशेष सावधानी अपनाउनु होला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । आँटेको काम समयमा पूरा नहुँदा खिन्नता बढ्ने छ । धेरै मिहेनतबाट कममात्र प्रतिफल मिल्ने योग छ ।

धनु

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले मित्रजन टाढिन सक्छन्, होसियार रहनुहोस् । सहयोगीहरूले राम्रै साथ दिने छन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग पनि छ । तथापि, काम बिग्रने डरले सताउन सक्छ ।

मकर

लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा होला । आय आर्जनका स्रोत बढ्ने छन् भने नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिने योग छ । अनावश्यक खर्चको भार पर्न सक्छ, सावधानीपूर्वक मितव्ययी बनेर व्यवहार गर्नु हितकर हुनेछ ।

कुम्भ

सहयोगको आशा देखाउनेबाट धोका पाइने सम्भावना छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नु पर्दा मन खिन्न रहला । स्वास्थ्य पनि सवल नरहन सक्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्, सचेत रहनुहोला। । नगरेका गल्तीको सजाय भोग्नु पर्ने ययोग छ ।

मीन

आजको दिन लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यसम्बन्धी पुरानो समस्या दोहोरिन सक्छ, सचेत रहनुहोला । अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ने योग छ । सवारी साधनको प्रयोगमा पनि विशेष सावधानी अपनाउनु होला । आश्वासन दिनेले झुक्याउन सक्छन् । व्यावसायिक काममा समस्या आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट