बागमतीमा मन्त्री बन्न एमालेले दियो नाम, कांग्रेसबाट को-को बन्दैछन् ?-Sutra News

बागमतीमा मन्त्री बन्न एमालेले दियो नाम, कांग्रेसबाट को-को बन्दैछन् ?

मंगलबार, ८ साउन २०८१

मंगलबार, ८ साउन २०८१

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सामेल हुने ६ मन्त्रीको नाम टुंग्याएको छ । एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्केको नाम सिफारिस गरेको छ ।



यस्तै, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउने भएको हो ।

एमालेले यो पटक मन्त्री बनाउँदा नयाँलाई अवसर दिएको छ । मन्त्री बन्ने ६ जनामध्ये पाँच जना नयाँ अनुहार हुन् । बागमतीमा कांग्रेस–एमाले गठबन्धनले आज मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै छन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्दै छन् ।

कांग्रेसले भने अझै मन्त्रीको टुंगो लगाउन सकेको छैन । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का, विमल ठकुरी, मीनकृष्ण महर्जन, समिता खड्की, हरिप्रभा खड्की, सुना परियार, उर्मिला नेपाल र विनु रायमाझीलगायत मन्त्रीका आकांक्षी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट