नेपाललाई भारतले सवा ११ अर्ब रुपैयाँ अनुदान दिने घोषणा-Sutra News

नेपाललाई भारतले सवा ११ अर्ब रुपैयाँ अनुदान दिने घोषणा

मंगलबार, ८ साउन २०८१

मंगलबार, ८ साउन २०८१

काठमाडौं । भारत सरकारले नेपाललाई सात अर्ब भारू (११ अर्ब २० करोड रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट पेश गर्दै वित्तमन्त्री निर्मला सीतारमणले नेपाललाई दिने अनुदानको घोषणा गरेकी हुन् ।



भारतीय सरकारले वित्त वर्ष २०२४-२५ को बजेट सार्वजनिक गरेको हो । भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ । नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो ।

भारतले नेपाललाई दिँदै आएको अनुदानको तुलनामा यो वर्ष वृद्धि भएको हो । भारतले आफ्नो बजेटमार्फत सबैभन्दा धेरै सहायता भुटानलाई दिँदै आएको छ । भुटानले वित्त वर्ष २०२४-२५ मा १० अर्ब ७८ करोड अनुदान र ९ अर्ब ८९ करोड ऋण गरी २० अर्ब ६८ करोड भारु पाउने छ ।

भारतले छिमेकी मुलुकलाई दिने अनुदान बजेटमै उल्लेख गरी सार्वजनिक गर्दै आएको छ । जसमा नेपाल, भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मंगोलियालाई अनुदान दिने गरी बजेट विनियोजन गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट