काठमाडौं । नेकपा एमाले सांसद पदम गिरीले डेडिकेटेड तथा ट्रंक लाइनका नाममा वर्षौंसम्म समस्या मात्रै देखिएको बताउँदै वर्तमान सरकारले समाधानको पहल लिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै गिरीले डेडिकेटेड तथा ट्रंक लाइनको बक्तौता समस्या समाधान गर्न खोज्दा आम जनतालाई भ्रम छर्ने गरी विपक्षी प्रस्तुत भएको भन्दै आपत्तिसमेत जनाए ।
उनले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको टिओडी मिटरको बिल प्राधिकरणले दिन नसकेको र पूर्वाग्राही ढंगले लाइन काटिएको आरोप लगाए ।
उनले व्यवसायीहरुले तिर्नु पर्ने रकम पनि यसअघि प्राधिकरणले नियतबस नउठाएको जिकीर गरे । उनले प्राधिकरणले टीओडी मिटरको यकिन तथ्यांक दिन नसकेको दाबी गरे ।