गृहमन्त्रीले भने- बाढी पहिरोमा परी १३० जनाको मृत्यु हुँदा ४८ जना बेपत्ता-Sutra News

गृहमन्त्रीले भने- बाढी पहिरोमा परी १३० जनाको मृत्यु हुँदा ४८ जना बेपत्ता

मंगलबार, ८ साउन २०८१

मंगलबार, ८ साउन २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपदका घटनाको प्रतिनिधिसभामा जानकारी दिएका छन् ।



संसदमा बोल्दै गृहमन्त्री लेखकले जेठ २८ देखि हालसम्म एक हजार ५९२ घटना विपदका घटना भएको जनाए । सो क्रममा १३० जनाको मृत्यु भएको र १४४ जना घाइते भएको जानकारी दिएका छन् ।

त्यस्तै, ४८ जना बेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी  भएको उनको भनाइ थियो । यस वर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै ४३ वटा पुल र २ सरकारी भवन भत्किएको जानकारी दिए । बाढी पहिरोमा परी चार हजार परिवार विस्थापित हुने अवस्था आएको उनको भनाइ थियो ।

प्राकृतिक विपदबाट देशका सबै जिल्ला प्रभावित भएको र विपदपछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट सात हजार १६९ र सशस्त्र प्रहरीका चार जना खटिएको अवस्था छ ।

ती सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेनासमेत खटिएको अवस्था छ । प्रभावितहरूलाई आवश्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको छ ।

उनले ४८ जना बेपत्ता भएकाहरुको पत्ता नलागेका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय भएको छ । घाइते १४४ जनामध्ये पाँच जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट