लाइन काटिएको उद्योगमा आज साँझदेखि जडान हुँदै-Sutra News

लाइन काटिएको उद्योगमा आज साँझदेखि जडान हुँदै

मंगलबार, ८ साउन २०८१

मंगलबार, ८ साउन २०८१

काठमाडौं । देशका विभिन्न छ वटा उद्योगमा काटिएको विद्युतको लाइन आज साँझदेखि जोडिने भएको छ । डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महशुल बक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।



‘लाइन काटिएका छ वटा उद्योगहरुको विद्युत मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिने छ,’ बैठकमा गरिएको निर्णयमा उल्लेख गरिएको छ ।

तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः असुल उपर गर्न कारबाही अगाडि बढाउने गरी हाललाई लाइन जोड्ने निर्णय गरिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हुँदा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको थियो । तर, सरकार परिवर्तन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोड्न निर्देशन दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट