संसदमा सुशिला थिङकाे राेदन : म कहिल्यै मन्त्री बन्न याेग्य भइन्-Sutra News

संसदमा सुशिला थिङकाे राेदन : म कहिल्यै मन्त्री बन्न याेग्य भइन्

मंगलबार, ८ साउन २०८१

मंगलबार, ८ साउन २०८१

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद सुशिला थिङले मन्त्री नबनाएकाे भन्दै संसद् बैठकमा पार्टीप्रति असन्तुष्टि जाहेर गरेकी छिन् । मंगलबार बसेकाे प्रतिनिधि सभाको बैठकमा उनले आफू सबै हिसाबले याेग्य भएपनि मन्त्री बन्न याेग्य बन्न नसकेकाे बताइन् ।



उनले आफूले समानुपातिक कोटाबाट उपाधि नपाएको भन्दै महिलाहरू कहिलेसम्म यो समानुपातिक दर्जामा दर्ज हुनुपर्ने हो भनेर प्रश्न गरिन् ।

‘मेरो उदाहरण प्रतिनिधि पात्रमात्रै हो। म कानुनमा स्नातक गरेकी छु, सामाजिक शास्त्र मा स्नातकोत्तर गरेको छु। तर म कहिल्यै योग्य भइनँ,’ उनले भनिन्, ‘तर मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिएन। त्यसकारण हामी महिलाहरू कहिलेसम्म समानुपातिकको कोटामा दर्ज हुने हो। हामीलाई कहिलेसम्म समान बनाउने हो ?’

आफ्नाे पार्टी कांग्रेसप्रति असन्तुष्टि पाेखेकी थिङले संविधानअनुसार ३३ प्रतिशत महिला मन्त्री हुनुपर्नेमा त्यो व्यवस्था लागू नभएको भन्दै संविधान कहिले लागू गर्ने हो भनेर प्रश्न गरेकी छन् ।

‘जुनसुकै मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला मन्त्री बनेको कहिल्यै देख्न नपाउने भो। सायद पुरूषहरू नै प्रमुख पदमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिसमा भएनन्,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट