स्थायित्व कायम गर्न संविधान संशोधन आवश्यक- डा. कोइराला-Sutra News

स्थायित्व कायम गर्न संविधान संशोधन आवश्यक- डा. कोइराला

मंगलबार, ८ साउन २०८१

मंगलबार, ८ साउन २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।



प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको संविधान संशोधनः प्रेस स्वतन्त्रता विषयक कार्यक्रममा कोइरालाले अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक स्थायित्व हुन नसकेको बताउँदै संविधान संशोधन आवश्यक रहेको बताएका हुन् ।

उनले संविधानलाई १० वर्षमा पुनरावलोकन गर्नु पर्ने संवैधानिक व्यवस्था रहेकाले नेपाली कांग्रेस र नेकपा एमालेले देशको आवश्यकताका आधारमा संविधान सुधारको काम गर्ने धारणा राखे ।

समावेशी समानुपातिकलाई आघात नपुग्ने गरी निर्वाचन प्रणालीको सुधार गर्नु पर्नेमा दुई मत नरहेको उनको भनाइ छ ।

उनले अहिले दुई ठूला दल मिल्दा निरंकुशता जन्मने डर पनि रहेकाले सञ्चार माध्यमले अग्रणी भूमिका खेल्नु पर्ने र गलत काम हुनबाट रोक्न खबरदारी गर्नु पर्ने बताए ।

उनले आफुहरु सत्तामा रहे पनि सरकारको गलत काममाथि खबरदारी गर्दै सही काम गर्न प्रोत्साहन गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट