भारतीय अर्थमन्त्रीले बनाइन् सात वर्षसम्म बजेट प्रस्तुत गर्ने कीर्तिमान-Sutra News

भारतीय अर्थमन्त्रीले बनाइन् सात वर्षसम्म बजेट प्रस्तुत गर्ने कीर्तिमान

मंगलबार, ८ साउन २०८१

मंगलबार, ८ साउन २०८१

काठमाडौं । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले लगातार सातौं पटक बजेट प्रस्तुत गरेर नयाँ कीर्तिमान बनाएकी छन् ।



अर्थमन्त्री निर्मला सीतारमणले भारतको संसदमा बजेट प्रस्तुत गरेकी थिइन् । यो बजेट प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हुनेछ । यसले आयकर संरचनामा परिवर्तन र भारतसँग व्यापार गर्ने सुधारमा केन्द्रित हुने सम्भावना छ ।

यो बजेट अर्थमन्त्री निर्मला सीतारमणको सातौँ बजेट हुनेछ । यो बजेटसँगै उनी लगातार सात पटक बजेट प्रस्तुत गर्ने पहिलो भारतीय अर्थमन्त्री बनेकी छन् । यसअघि यो कीर्तिमान मोरारजी देसाईको नाममा थियो । उनले लगातार ६ पटक बजेट प्रस्तुत गरेका थिए ।

बजेट प्रस्तुत गर्नुअघि सोमबार प्रधानमन्त्री मोदीले ६० वर्षपछि लगातार तेस्रो पटक सरकारमा आएको र तेस्रो इनिङको पहिलो बजेट प्रस्तुत गर्नु गौरवको विषय भएको बताएका थिए ।

उनले यो अमृत कालको महत्वपूर्ण बजेट भएको बताए । यो बजेटले २०४७ मा विकसित भारतको हाम्रो सपनाको जग बसाल्ने मोदीले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट