बागमतीको मुख्यमन्त्रीमा लामाले लिए नियुक्ति-Sutra News

बागमतीको मुख्यमन्त्रीमा लामाले लिए नियुक्ति

मंगलबार, ८ साउन २०८१

मंगलबार, ८ साउन २०८१

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा मुख्यमन्त्री नियुक्त भएका छन् ।



प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले आजै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख शर्माले आइतबार आज ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट