कृषि क्षेत्रलाई उकास्न उत्पादनमा आधारित अनुदान दिनु पर्छ- प्रवक्ता महत-Sutra News

कृषि क्षेत्रलाई उकास्न उत्पादनमा आधारित अनुदान दिनु पर्छ- प्रवक्ता महत

मंगलबार, ८ साउन २०८१

मंगलबार, ८ साउन २०८१

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कृषि क्षेत्रलाई उकास्न उत्पादनमा आधारित अनुदान दिनु पर्ने बताएका छन् ।



काठमाडौंमा आयोजित एक कार्यक्रममा महतले कागज देखाएर कृषिको अनुदान लिने गरेको पाइएको भन्दै उत्पादनमा आधारित अनुदान दिनु पर्ने बताएका हुन् । उनले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आफू अर्थमन्त्री हुँदा आलु र प्याजमा भ्याट लगाउँदा नबुझेर विरोध गरेको गुनासो गरे ।

महतले नयाँ प्रविधि भित्र्याउँदै उत्पादन बढाउने कृषकलाई प्रोत्साहन गर्नु पर्ने उल्लेख गरे । उनले विज्ञतालाई पनि उपयोग गरेर उत्पादन गर्न सके निर्यात गर्न सक्ने अवस्था हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट