निफ्राको १० लाख कित्ता शेयर लिलामी बिक्री खुला-Sutra News

निफ्राको १० लाख कित्ता शेयर लिलामी बिक्री खुला

मंगलबार, ८ साउन २०८१

मंगलबार, ८ साउन २०८१

काठमाडौं । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को संस्थापक शेयर बैंकले लिलामी बिक्री खुला गरेको छ ।



बैंकले निफ्राको १० लाख कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँको दरले आवेदन दिन सक्ने छन् ।

न्यूनतम पाँच हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । यो कम्पनीको शेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आवेदन दिन सक्ने छन् ।

यसमा साउन १५ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ । लिलामी आवेदन एनआईसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट